बैतडी । दशरथचन्द नगरपालिकामा जारी पाँचौं संस्करणको उपमेयर कप टी ट्वान्टी महिला क्रिकेट प्रतियोगिताको उपाधि दनपा–२ देहिमाडौंले जितेको छ । देहिमाडौंले साविक विजेता दनपा– ६ थालिगडालाई ७९ रनले स्तब्ध पार्दै उपाधि हात पारेको हो । योसँगै देहीमाडौं उपमेयर कपमा तेस्रोपटक च्याम्पियन भएको छ । उसले यसअघि दोस्रो र तेस्रो संस्करणको उपाधि पनि हात पारेको थियो…