काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत पपुवा न्यूगिनी (पिएनजी)माथि नेपालले ७ विकेटको जित निकालेको छ । पिएनजीले दिएको १ सय ७४ रनको लक्ष्य ३७ ओभरमा ३ विकेट गुमाएर नेपालले भेट्टाएको हो । नेपालका लागि आरिफ शेखले अविजित ५९ रन बनाउँदा कुशल भुर्तेलले ५० रनको अर्धशतकीय पारी खेले । रोहित पौडेलले अविजित ४३ रन जाेड्दा…