काठमाडौं । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा युएईले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य दिएको छ । मलेसियाको किनरारा एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको युएई १९ ओभर ५ बलमा अलआउट हुँदै ८१ रन बनायो । युएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाईन् । यस्तै, इशा रोहितले १५, कप्तान छाया मुघलले १४…