काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)ले जिम्बावेविरुद्ध खेल्ने राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ । क्यानले जिम्बावेविरुद्ध हुने एकदिवसीय र टी–ट्वान्टी क्रिकेटका लागि २३ सदस्यीय राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको हो । सन्दीप लामिछानेको कप्तानी रहेको नेपाली टिममा दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ सेख, रोहित पौडेल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी छन् ।…