काठमाडौं । घरेलु टोली केन्याविरुद्धको पहिलो टी–ट्वान्टी क्रिकेटमा नेपालले सहज जित निकालेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा बिहीबार नेपालले केन्यालाई ५ विकेटले हराएको हो । केन्याले दिएको १ सय ३१ रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३३ रन बनाए । आरिफ…