बायर्न म्युनिख पराजित « Imagekhabar – Online News Portal of Nepal
१० आश्विन २०७९, सोमबार | Mon Sep 26 2022


बायर्न म्युनिख पराजित


169
Shares

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिख पराजित भएको छ ।

शनिबार राति भएको खेलमा बायर्न एफ.सी अग्स्बर्गसँग १–० ले पराजित भएको हो ।

साविक विजेता बायर्न विरुद्धको खेलमा अग्स्वर्गलाई विजयी गराउन मेर्गीम बेरिसाले निर्णायक गोल गरे । मेर्गीमले खेलको ५९ औं मिनेटमा निर्णायक गोल गरे ।

बायर्नको यो हारसँगै अर्को दावेदार टोली बोरुसिया डर्टमण्ड तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । डर्टमण्डले शनिबार रातिको खेलमा शाल्केलाई १–० ले हराएको थियो । बुन्डेस लिगामा ७ खेलबाट डर्टमण्डको १५ अंक भएको छ ।

एक खेल कम खेलेका युनियन बर्लिन र फ्राइबर्ग क्रमशः १४ र १३ अंकसहित दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् । चौथो स्थानको बायर्न म्युनिखको १२ अंक मात्रै छ ।