काठमाडौं । विभागिय टोली नेपाल पुलिस क्लब छैठौं संस्करणको शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तेस्रो बनेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा मंगलबार तेस्रो स्थानका लागि भएको खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २५–२१, २५–२१ र २५–१९ ले हराएको हो । तेस्रो स्थान हासिल गरेको पुलिसले ७५ हजार नगद पाउने छ ।…