काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र पन्जाब किङ्ग्स खेल्दैछन् । अहमदाबादमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ । बेङ्गलुरु र पन्जाब पहिलो पटक उपाधि जित्ने लक्ष्यसहित फाइनलमा खेल्दैछन् ।