काठमाडौँ । आइसिसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया क्षेत्र छनोटको सुपर सिक्सअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले युएईलाई जितका लागि १४१ रनको लक्ष्य दिएको छ । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमीतर्फ–१ मा जारी खेलमा ‘टस’ जितेर पहिले ‘ब्याटिङ’ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रनको योगफल बनायो । नेपालका लागि आसिफ…