काठमाडाैं । नेपाली यू-१९ महिला भलिबल टोलीका मुख्य प्रशिक्षक कुमार राईले श्रीलंकामा हुने काभा यू-१९ महिला भलिबल च्याम्पियनसिपमा आशावादी नतिजा ल्याउने लक्ष्य ल्याउने बताएका छन् । यहि कात्तिक १८ गतेदेखि २३ गतेसम्म कोलम्बोमा काभा यू–१९ महिला भलिबल च्याम्पियनसिप हुने भएकाे हाे। उक्त च्याम्पियनसिपका लागि शनिवार भएको बिदाइ कार्यक्रममा प्रशिक्षक राईले यसपल्ट तयारी धेरै राम्रो भएको…