काठमाडौं ।काठमाडौंको भीमसेनस्थानस्थित द रोलिङ स्टोन्स स्कुलकी छात्रा बितिशा तामाङले भारतको पश्चिम बंगालमा आयोजित तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जित्नुभएको छ । कक्षा ५ मा अध्ययनरत १० वर्षिया बितिशाले कोलकातामा आयोजित नवौं इन्डिया टीआईए ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप–२०२५ मा स्वर्ण जित्नुभएको हो । साथै उहाँले त्यस प्रतियोगिताअन्तर्गत पुम्सेमा रजत पदक पनि जित्नुभएको थियो । प्रतियोगिता यही…