काठमाडौं । महिला विश्वकप फुटबलमा इटालीले विजयी सुरूवात गरेको छ । न्यूजिल्यान्डको इडेन पार्कमा सोमबार भएको समूह ‘जी’ को खेलमा अर्जेन्टिनालाई १–० गोलले हराउँदै इटालीले जित दर्ता गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ८७औँ मिनेटमा क्रिस्टियाना गिरेलीले गोल गर्दै इटालीलाई जित दिलाएकी थिइन् । इटाली सन् २०१९ को विश्वकपमा क्वार्टरफाइनलसम्म…