काठमाडौं । यस वर्षको युरोपा लिग फुटबलको उपाधि स्पेनको सेभियाले जितेको छ । हंगेरीको राजधानी बुडापेस्टमा रहेको पुस्कास एरिनामा बुधबार राती भएको खेलमा इटालीको ए.एस रोमालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेभियाले कीर्तिमानी सातौं पटक युरोपा लिग जितेको हो । फ्रान्स विरुद्धको विश्वकपको फाइनलमा अर्जेन्टिनाका लागि पेनाल्टीमार्फत विजयी गोल गरेका गोन्जालो मोन्टिएलले बुधबार सेभियाका लागि पनि…