Logo १९ आश्विन २०८३, सोमबार | Tue Oct 6 2026


बुटवलले काठमाडौंलाई हरायो

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा काठमाडौं रेजर्सलाई हराउँदै बुटवल लुम्बिनी शीर्ष चारमा उक्लिएको छ । दशरथ रङ्गशालामा शनिबार भएको खेलमा काठमाडौंलाई २–१ गोलले हराउँदै बुटवल तेस्रो स्थानमा उक्लिएको हो । बुटवल लुम्बिनीले ५ खेलमा ७ अंक जोडेको छ । एक खेल कम खेलेको काठमाडौें ५ अंक सहित तालिकाको पाँचौ स्थानमा झरेको छ ।