काठमाडौं । विश्वकप फुटबलको छनौट खेलको तयारीमा रहेको नेपालले आज म्यानमारसँग दोस्रो मैत्रिपूर्ण खेल खेल्दैछ । दुईवटा अभ्यास खेलका लागि म्यानमार पुगेको नेपाली टोलीले पहिलो खेलमा बराबरी गरेको थियो । म्यानमारको यांगुनमा नेपाली समयअनुसार आज अपराह्न सवा ४ बजे खेल सुरु हुनेछ । गत शुक्रबार भएको खेल बराबरीमा रोकिएपछि दुवै टोली आज जित निकाल्ने दाउमा…