काठमाडौं, चैत ५ । भारतमा जारी विश्वकप ट्वेन्टी–२० क्रिकेटमा न्यूजिल्यान्डले लगातार दोस्रो जित हासिल गरेको छ ।पहिलो खेलमा आयोजक राष्ट्र भारतलाई हराएको न्यूजिल्यान्डले धर्मशालामा शुक्रबार भएको दोस्रो खेलमा अष्ट्रेलियालाई ८ रनले पराजित गर्यो ।१ सय ४३ रनको चुनौती पछ्याएको अष्ट्रेलियाले ९ विकेटको क्षतिमा १ सय ३४ रनमात्र जोड्न सक्यो ।अष्ट्रेलियाले पहिलो विकेटका लागि ४४ रनको…