सूर्य नेपाल एनपीजीए गल्फमा पहिलो दिन शीर्ष खेलाडीहरु विजयी • Image Khabar Image Khabar


सूर्य नेपाल एनपीजीए गल्फमा पहिलो दिन शीर्ष खेलाडीहरु विजयी


Imagekhabar
२ चैत्र २०७२, मंगलवार ११:५४

सूर्य नेपाल एनपीजीए गल्फमा पहिलो दिन शीर्ष खेलाडीहरु विजयी

काठमाडौं, चैत २ । शीर्ष वरीयताका खेलाडीहरु शिवराम श्रेष्ठ र सञ्जय लामा सूर्य नेपाल एनपीजीए म्याच प्ले गल्फ प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

रोयल नेपाल गल्फ क्लबमा सुरु भएको प्रतियोगितामा आ–आफ्ना प्रतिद्धन्द्धीलाई पराजित गर्दै शीर्ष खेलाडीहरुले अन्तिम आठमा ठाउँ पक्का गरेका हुन् ।

नेपाल नम्बर एक शिवराम श्रेष्ठले सञ्जीव नेपालीलाई ७–५ ले हराए । दोस्रो वरीयताका सञ्जय लामाले यलम्बर अधिकारीलाई ३–२ ले हराए ।

क्वार्टरफाइनलमा शिवराम श्रेष्ठले राम मगरसँग प्रतिस्पर्धा गर्नेछन् ।

राम मगरसँगै रवि खड्का, सूर्य शर्मा, दीपक थापामगर, भुवन नगरकोटी र धन थापा पनि क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

क्वार्टरफाइनल र सेमिफाइनल खेलहरु बुधबार हुने छन् भने फाइनल खेल बिहीबार हुनेछ ।

प्रतियोगितामा अघिल्लो वर्षका शीर्ष १६ जना व्यावसायिक गल्फर सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्