काठमाडौं, कात्तिक ६ । अखिल नेपाल फुटबल संघ (एन्फा)को सोमबार हुने अध्यक्ष र उपाध्यक्षको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन समितिले जनाएको छ । आइतबार मध्याह्न फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासंघका प्रतिनिधिसँग छलफल गरेपछि निर्वाचन तयारी पूरा हुने निर्वाचन समितिका संयोजक सुजितकुमार केसीले जानकारी दिए । एएफसीका प्रतिनिधिहरु रवि कुमार र पुरुषोत्तम…