मिडिया, विज्ञापन एजेन्सी र कर्पोरेट हाउसबीच सद्भाव र भाइचाराको सम्बन्ध बढाउने उद्देश्यले नेपाल विज्ञापन संघ (आन)ले आयोजना गर्ने प्रतियोगितामा ३२ टिमले सहभागिता जनाउनेछन् । आनले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी ६ दिने प्रतियोगिता दैनिक बिहान ८ देखि दिउँसो २ बजेसम्म हुने जानकारी दिएको छ । आनका अध्यक्ष रवीन्द्रकुमार रिजाल ‘शशि’ले विजेता टिमले ७५ हजार, उपविजेताले…