काठमाडौं, असार ६ । पोल्यान्डलाई हराउँदै सेनेगलले विश्वकप फुटबल २०१८ मा विजयी सुरुआत गरेको छ । रुसको मस्कोस्थित स्पार्टाक स्टेडियममा मंगलबार राति भएको समूह ‘एच’को दोस्रो खेलमा अफ्रिकन राष्ट्र सेनेगलले पोल्यान्डलाई २–१ ले हराएको हो । खेलको ३७औं मिनेटमा पोल्यान्डका थियागो कियोनेकले आत्मघाती गोल गरेपछि सेनेगलले खेलमा अग्रता लिएको थियो । ६०औं मिनेटमा एम्बाय नियाङले…