काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलाहरुलाई आर्थिक रुपले आत्मनिर्भर बनाउन जरुरी रहेको बताउनु भएको छ । मंगलबार काठमाडौंको बुढानिलकण्ठमा निर्माण गरिएको समाज कल्याण परिषदको व्यवसायिक तालिम केन्द्र भवनको उद्घाटन गर्दै मन्त्री रेग्मीले सो कुरा बताउनु भएको हो । त्यस अवसरमा उहाँले सो भवन महिलाहरुलाई आधारभूत तालिम दिई दक्ष बनाउन उपयोगी हुने…