काठमाडौं । धनुषाको नगराइन नगरपालिकास्थित राजेश्वर निधि माध्यमिक विद्यालयका विद्यार्थीहरूले पठनपाठन सुचारू गर्न माग गर्दै प्रदर्शन गरेका छन् । उनीहरुले अवरुद्ध पठनपाठन सुचारू हुनुपर्ने माग गर्दै जनकपुर जटही सडक खण्डसमेत अवरोध गरेर प्रदर्शन गरेका हुन् । शिक्षकहरूले चालू आर्थिक वर्ष २०७९/०८० श्रावण महिनादेखि नै तलब भत्ता नपाएपछि शिक्षकहरू पठनपाठन अवरूद्ध गरी १५ दिनदेखि धर्नामा बसेका…