काठमाडौं । विराटनगरको कन्चनबारी चोक नजिक मालवाहक ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । विराटनगरबाट बूढीगंगा गाँउपालिकातर्फ जाँदै गरेको ना.४ ख ८६७९ नम्बरको ट्रकले ठक्कर दिँदा अन्दाजी ५५ वर्षीय एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सडक पार गर्ने क्रममा उनलाई ट्रकले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको…