जनकपुर । जनकपुरमा जारी साताव्यापी राम जानकी विवाह पञ्चमी महामहोत्सव अन्तर्गत शनिबार फूलबारी लीला मनाइएको छ । फूलबारी लीलामा भगवान राम र लक्ष्मणको प्रतीकका रुपमा एक जोडा बालबालिकालाई विवाहमण्डप प्राङ्गणमा रहेको फूलबारीमा घुमाइन्छ । सप्ताहव्यापी रुपमा मनाइने महोत्सवको पहिलो दिन नगरदर्शन सम्पन्न भएको थियो । त्रेतायुगमा भगवान् राम र लक्ष्मण जनकपुरधाम आएको बेला फूलबारीमा घुम्न…