जनकपुरधाम । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौँबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा आजदेखि मधेस प्रदेशको जनकपुरधाम, धनुषास्थित कार्यालयबाट पनि प्रदान गर्न थालिएको छ । श्रम तथा रोजगार कार्यालय जनकपुरधाम, धनुषाका निमित्त कार्यालय प्रमुख रामउदार अधिकारीले सातै प्रदेशबाट श्रम स्वीकृति सेवा दिने सरकारको नीतिअनुसार जनकपुर कार्यालयबाट सेवा प्रदान गरिने…