काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले २० वटा घडियाल गोही राप्ती नदीमा छाडेको छ । निकुञ्जको मुख्यालय सौराहास्थित घडियाल प्रजनन केन्द्रमा हुर्काइएका दुई भाले घडियाल तथा १८ पोथी घडियाल गोही प्राकृतिक बासस्थानमा छाडिएको हो । प्राकृतिक बासस्थानमा छाडिएका घडियालमध्ये तीन वटा छ वर्ष उमेरका र १७ घडियाल सात वर्ष उमेरका रहेको निकुञ्जले जनाएको छ । निकुञ्जले…