काठमाडौं । म्याग्दीको दुर्गम तथा विकट बस्ती धवलागिरी गाउँपालिका–१ गुर्जामा सञ्चालन भएको गुर्जा खानेपानी आयोजना लक्ष्यभन्दा अघिनै सम्पन्न भएको छ । गुर्जामा अझै सडक यातायातको सुविधा पुगेको छैन् । म्याग्दीका ४५ वडामध्ये सडक नपुगेको वडा गुर्जा मात्र हो । निर्माण व्यवसायीको इच्छाशक्ति र सरोकारवालाको प्रभावकारी समन्वय भएमा विकास आयोजना लक्षभन्दा अगाडि सम्पन्न गर्न सकिने उदाहरण…