१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025


सामुदायिक प्रहरीलाई काठमाडौं उपत्यकामा विभिन्न स्थानमा परिचालन


650
Shares

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयले सामुदायिक प्रहरीलाई उपत्यकाका विभिन्न स्थानमा परिचालन गरेको छ ।

उपत्यकाको सुरक्षामा आफ्नो प्रतिवद्धता जनाउँदै सामुदायिक प्रहरी परिचालन गरेको कार्यालयले जनाएको छ ।

सामुदायिक प्रहरीले सडक पार गर्दा पैदलयात्रुले भोग्ने गरेका समस्या सहजीकरण गर्ने बताइएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा खटिएका सामुदायिक प्रहरीले बिहान ९ बजे देखि ११ बजे र साँझ ४ बजेदेखि ६ बजेसम्म पैदल यात्रीलाई बाटो काट्न सहयोग गर्ने बताइएको छ ।

साथै सवारीचालकलाई पनि पैदल यात्रीलाई पहिलो प्राथमिकतामा राख्न सन्देश प्रवाह गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

हाललाई ८३ जना सामुदायिक प्रहरी विभिन्न स्थानमा खटाइएको छ । यो योजनाले पैदलयात्रुलाई सहज हुने प्रहरीको दाबी छ ।