Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


घुससहित बर्जु गाउँपालिकाका इन्जिनियर मेहता पक्राउ

सुनसरी । सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहता घुससहित पक्राउ परेका छन् । सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको आरोपमा मेहता पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले मेहतालाई पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयाे। उहाँका अुनसार मेहतालाई मोरङको विराटनगर महानगरपालिकास्थित पुलचोकबाट सोमबार २० हजार रुपैयाँ घुससहित पक्राउ…