१५ फाल्गुन २०८०, मंगलबार | Tue Feb 27 2024


सेती नदीमा डुबेर एक बालक बेपत्ता


442
Shares

काठमाडौं । डोटीमा सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन् ।

दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका पाँच वर्षीय सुशान्त साउद सेतीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

बिहीबार खेल्ने क्रममा उनीसँगै नदीमा डुबेका चार वर्षीय मिलन साउदको भने स्थानीयले उद्धार गरेका थिए ।

उद्धार गरिएका बालकको डडेल्धुरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले डोटीले जनाएको छ । बेपत्ता भएका को बालककाे खोजीकार्य भइरहेको जनाइएको छ ।