काठमाडौं । लिच्छवीकालमा नेपालमा शक संवत प्रचलनमा रहेको मानिन्छ । तर, केही दिन अगाडि काठमाडौंको फुटुङमा फेला परेर नष्ट गरिएको अभिलेखले यो मान्यतालाई मिथ्या सावित गरेको विज्ञहरूको दाबी छ । प्रष्ट रुपमा यो अभिलेखमा दुई वटा लिच्छवी संम्बत उल्लेख रहेको छ । नेपालको प्राचिन इतिहासमा नयाँ तथ्य उजागर गर्ने अभिलेख काठमाडौंको फुटुङमा फेला परेको थियो…