काठमाडौं । नेपालका अनुभवी हिमाल आरोहीहरुले अमेरिकाको डेनाली हिमाल अरोहण गर्ने भएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी १० जनाको अनुभवी हिमाल आरोहिहरुले नेपालको नाम विश्व समुदायमा स्थापित गर्न डेनाली हिमाल आरोहण गर्न लागेको जानकारी दिएका हुन् । अनुभवी आरोहीको टोलीले अमेरिकी सगरमाथाको सफल आरोहणको ६० औं वार्षिकोत्सवको उपलक्ष्यमा अमेरिका–नेपाल मैत्री आरोहणको दोस्रो संस्करण…