सिरहा । घुससहित रंगेहात प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा खटिएकाे टाेलीले घुससहित प्रहरी सहायक निरीक्षक सचिन भदैसवारलाई रंगेहात पक्राउ गरेको हाे । मिर्चैयास्थित इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक भदैसवार ९ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका हुन् । एउटा मुद्दा मिलाइदिने भनेर सेवाग्राहीबाट घुस रकम लिएलगत्तै इलाका प्रहरी…