Logo १० माघ २०८२, शनिबार | Sat Jan 24 2026


निर्माण व्यवसायी मनोज भेटवाल पक्राउ

काठमाडौं । प्रहरीले निर्माण व्यवसायी मनोज भेटवाललाई पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा भेटवाललाई उनको घरबाटै बुधबार प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनीविरूद्ध चेक बाउन्स गरेको भन्दै प्रहरीकोमा उजुरी परेको थियो । पक्राउ परेका भेटवालमाथि थप अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।