काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ ललितपुरको गाःबहाल पुर्याइएको छ । रथलाई पुल्चोकबाट तानेर मंगलबार गाःबहाल पुर्याइएको हो । बुधबार गाःबहालमा स्थानीय जात्रा पनि मनाइँदैछ । सोमबारबाट रथ यात्रा सुरू भएको थियो । तर सोही दिन गाःबहाल पुर्याउनुपर्ने भएपनि मंगलबारमात्रै गाःबहाल पुर्याइएको हो । रथलाई पाटनका विभिन्न स्थानमा परिक्रमा गराइन्छ ।…