तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिकामा दलित महिलाईहरुलाई दुई महिने सिलाई कटाई सम्बन्धी तालिम सुरु भएको छ । म्याङलुङ नगरपालिकाकी उपप्रमुख जमुनादेवी सुवेदी कार्कीले बुधबार तालिकम कार्यक्रमकाे उद्घाटन गर्नु भएको हाे । कार्यक्रमकाे उद्घाटन गर्दै उपप्रमुख कार्कीले तालिमलाई तालिमको रुपमा मात्रै नलिई व्यवहारमा लागू गर्न सके जिउने आधार बन्ने बताउनुभयो । नगरपालिकाका १० वटै वडाका १/१…