काठमाडौं । बाग्लुङको बुर्तिबाङ–ढोरपाटन सडक पहिरोका कारण अवरुद्ध भएको छ । ढोरपाटन नगरपालिका–५ र ६ को सिमाना दोगाडी नजिकै गएको पहिरोले सडक अवरुद्ध भएको हो । बिहीबार दिउँसो खसेको पहिरोले अवरुद्ध भएको र सडक खुलाउने प्रयास भइरहेको ढोरपाटन नगरपालिकाले जनाएको छ । सडक अवरुद्ध हुँदा ढोरपाटन, बोबाङ, फल्लेघरलगायतका क्षेत्रतर्फको यातायात रोकिएको छ ।