Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


सगरमाथा अराेहणकाे क्रममा तीन आरोही बेपत्ता

काठमाडौं । सगरमाथामा आरोहणकाे क्रममा तीन शेर्पा आरोही बेपत्ता भएका छन् । बेसक्याम्पबाट क्याम्प वानमा जानेक्रममा खुम्बु आइसफल भन्ने स्थानमा ढिस्कोले पुरिएर उनीहरू बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा दावाछिरी शेर्पा, पेम्मा तेन्जिङ शेर्पा र लाक्पा रिता शेर्पा रहेका छन् । उनीहरुको अवस्था अज्ञात छ । यसबारे आधिकारिक जानकारी आउन बाँकी छ ।