ताप्लेजुङ । पाथिभरा मन्दिर दर्शनका लागि जाने क्रममा गत शुक्रबारदेखि बेपत्ता झापाको अर्जुनधारा नगरपालिका-५ का लोकप्रसाद पराजुली मृत अवस्थामा फेला परेका छन् । पाथिभरा क्षेत्रमा पर्ने माथिल्लो फेदीदेखि करिब अढाई किलोमिटर उत्तर तर्फको जंगलमा आज (बुधबार) मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको हाे । मानसिक रुपमा सामान्य अस्वस्थ रहेका करिब ६० वर्षीय…