Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


बझाङमा विषालु च्याउ खाँदा दाजुबैनीको मृत्यु


468
Shares

काठमाडौं । बझाङमा विषालु च्याउ खाँदा एकै परिवारमा दुई जनाको मृत्यु भएको छ ।

जयपृथ्वी नगरपालिका–६ नौराका १२ बर्षिय सुदीप कठायत र उनकी ७ वर्षीय बैनी एन्जिला कठायतको मृत्यृ भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

जंगलबाट ल्याएको च्याउ खाएपछि बिरामी भएकी एन्जिलाको हिजो बिहान र सुदीपको हिजो राति मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुकी आमाको अस्पतालमा उपचार भईरहेको जनाइएको छ । परिवारमा पाँच जना रहेकोमा घर बाहिर भएका कारण बाबु र एक छोरी भने सकुशल रहेका छन् ।