Logo १० असार २०८३, बुधबार | Thu Jun 25 2026


आचार्य बन्धु समाज बागमतीको अधिवेशन शनिबार


572
Shares

काठमाडौं । आचार्य बन्धु समाज नेपाल बाग्मती प्रदेशको अधिबेशन भदौ १६ गते शनिवार काठमाडौंमा हुने भएको छ ।

अधिवेशनमा ३ सयभन्दा बढी बागमतीका आचार्य प्रतिनिधिहरु उपस्थिति हुने अनुमान समाजले गरेको छ । बागमती प्रदेश अन्तर्गत १३ जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, दोलखा, सिन्धुली, मकवानपुर, नुवाकोट, धादिङ, चितवन जिल्लाका प्रतिनिधिहरुको सहभागितामा अधिवेशन सम्पन्न हुन गईरहेको समाजका केन्द्रीय महासचिव शुभनराज आचार्यले जानकारी दिनुभयो । गोरखा, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा समाज गठन भईसकेको र बाँकीमा गठन हुने प्रकृयामा रहेको उहाँले जानकारी दिनुभयो ।

भर्खरै काठमाडौं जिल्ला अधिवेशन सम्पन्न गरिएको भन्दै समाजले ७७ वटै जिल्ला, ७ प्रदेश र आवश्यक परेमा स्थानीय तहमासमेत आचार्य बन्धु समाज नेपाल गठन गरेर देश र समाज विकासमा अगाडी गर्ने लक्ष्य समाजले लिएको केन्द्रीय अध्यक्ष बाबुराम आचार्यको भनाई छ ।

समाजले यही भदौ १ गते जिल्ला अधिवेशन गरेको अवस्थामा १६ गतेका लागि प्रदेश अधिवेशन तोकेको थियो ।