तेह्रथुम । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले विभिन्न जातजातिहरुको कला र संस्कृतिलाई संरक्षण गर्ने भएको छ । ध्वोजेडाँडा बहु-साँस्कृतिक पार्क भएकाले पर्यटन विकास गर्ने उद्धेश्यले साेही पालिकाले योजना अगाडि बढाएको हाे । प्राकृतिक रुपमा सुन्दर क्षेत्रको रुपमा रहेको ध्वोजेडाँडा पर्यटकीय सम्भावना बोकेको स्थान हो । ध्वोजेडाँडा क्षेत्रमा छथर ग्रेटवाल, लिम्बु जातिहरुको सिलाम डालेपोखरी र लभ स्टेन…