काठमाडौं । नेपालमा सर्वत्र गुनासो व्याप्त छ । तर अनौपचारिक ढंगमा शुरु भएका यस्ता सेवा छन, जसले नागरिकको मन जित्ने काम गरेको छ । यसैमध्ये एक हो– विमानस्थलको सटल बस सेवा । विदेशबाट आफ्नो माटो टेक्नासाथ ट्याक्सीबाट ठगिने यात्रुले सटल सेवामार्फत ठूलो राहत महसूस गरेको बताएका छन् ।अत्याधुनिक सेवाका ती बसले हवाई यात्रुलाई सिनामंगलमा रहेको…