प्यूठान । प्यूठानमा सोमबार भएको कार दुर्घटनामा मृत्यु हुने आठै जनाको सनाखत भएको छ । स्वर्गद्वारी दर्शन गरी फर्कने क्रममा सोमबार स्वर्गद्वारी नगरपालिका–४, भ्यागुतेस्थित भिग्री स्वर्गद्वारी सडकखण्डमा कार अनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्दा कारमा सवारर आठै जनाको मृत्यु भएको थियो । मृत्यु हुनेहरुमा दाङको तुल्सीपुर उपमहानगरपालिका–१५, कोेठरी बस्ने ३५ वर्षीया सरिता शर्मा पाखरेल,…