काठमाडौं । इजरायल सरकारले इजरायलमा आक्रमणमा ज्यान गुमाएका १० नेपालीमध्ये पाँच जनाको शव इजरायलस्थित नेपाली दूतावासलाई हस्तान्तरण गरेको छ । दूतावासका अनुसार नारायणप्रसाद न्यौपाने, लोकेन्द्र सिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र आशीष चौधरीको शव प्राप्त भएको छ । प्राप्त शव नेपाल पठाउन आवश्यक समन्वय भइरहेको दूतावासले जनाएको छ । दूतावासले आक्रमणपछि सम्पर्कविहीन रहेका विपीन…