Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


पूर्वराजा शाहले दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले दशैंमा सर्वसाधारणलाई लगाइदिने हुनुभएको छ । पूर्वराजाको संवाद सचिवालयले आइतबार एक विज्ञप्ति जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलले सर्वसाधारणलाई टीका लगाइदिने जानकारी दिएको हो । विज्ञप्तिमा विजया दशमीका दिन पूर्वराजदम्पत्तिले निर्मल निवासमा अपराह्न ४ बजे सर्वसाधारणलाई टीका लगाइदिने उल्लेख छ ।