काठमाडौं । नुवाकोटको ककनी तथा सिसडोल क्षेत्रमा फोहोरको दुर्गन्धले गर्दा कृषि उत्पादन घटेको स्थानीयले गुनासो गरेका छन् । काठमाडौं उपत्यकाको फोहोर फाल्ने ल्याण्डफिल साइटले घेरिएको ककनी गाउँपालिकाका सिसडोल, ओखरपौवा र चाउथे क्षेत्रका मानिसहरुमा स्वास्थ्य समस्या हुनुका साथै खेतबारीमा उब्जनी समेत हुन छाडेको उनीहरुको गुनासो छ । फोहोर विसर्जन गर्न दिए वापत एक घर–एक रोजगार, सडक…