१० जेष्ठ २०८१, बिहिबार | Fri May 24 2024


गोरखास्थित वीरेन्द्र हिमतालमा हिमपहिरो, सतर्क रहन आग्रह


910
Shares

काठमाडैं । गोरखाको चुमनुब्री गाउँपालिका–१ मा रहेको वीरेन्द्र हिमतालमा पहिरो खस्दा पानी हल्लिएर तल्लो सतहमा पोखिएको छ । मनास्लु हिमालको बेसक्याम्पमा हिमपहिरो गएर वीरेन्द्र तालमा मिसिँदा तालबाहिर पानी खसको सामागाउँ प्रहरी चौकीले जनाएको छ ।

हिमतालको पानी बाहिर खसेपछि त्यहाँको स्थानीय खहरेमा ठूलो बाढी आएको छ । बाढीका कारण एउटा काठको पुल बगाएको र कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

बाढी बुढीगण्डकीमा मिसिने भएकोले तटीय क्षेत्रमा रहेका बासिन्दालाई सचेत हुन प्रहरीले आग्रह गरको छ ।