नवलपरासी । १० दिनदेखि नवलपरासीमा बाक्लो हुस्सुसँगै शीतलहर बढेको छ । शीतलहरका कारण सबैभन्दा बढी विपन्न समुदायको जनजीवन कष्टकर बनेको छ । शीतलहरले जनजीवन कष्टकर बनेपनि जिल्लाका अधिकांश स्थानीय तहहरुले त्यसको पूर्वतयारी समेत गरेका छैनन् । बिगतका वर्षहरुमा शीतलहरको बेला दाउरा र न्यानो कपडा वितरणहुँदै आएपनि यसवर्ष स्थानीय तहहरुले अहिलेसम्म त्यसको व्यवस्था गरेको छैन ।…