काठमाडाैं। विशेष अदालतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको मुद्दामा नेपाल नगरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग गरेको छ। अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको इजलासले मंगलबार अधिकारीलाई ५ लाख रुपैयाँ धरौटीमा छाेड्न आदेश दिएको हो। त्यस्तै, तत्कालीन निर्देशक मुरारी भण्डारीसँग १ लाख रुपैयाँ नगद माग गरिएकाे छ।…