काठमाडौं । प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५० वर्षीय कृष्ण गोपाल विश्वकर्माको हत्या गरेको आरोपमा सोलुदुधकुण्ड नगरपालिका-१, लुदु बस्ने २३ वर्षीय निरबहादुर विश्वकर्मालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रधान कार्यालयले निरबहादुरले सोमबार राति कुटपिट गर्दा कृष्ण गोपाल गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ…